नेपाल पर्यटनको दृष्टिकोणले अत्यन्तै सम्भावनायुक्त मुलुक हो। हिमाल, पहाड, तराई, वन्यजन्तु, संस्कृति र धार्मिक स्थलहरूले यहाँको पर्यटनलाई विविधता प्रदान गरेको छ।
पर्यटन क्षेत्रको अवस्था
- वार्षिक १२ लाख पर्यटक भित्रिने सम्भावना
- हाल मात्र २ लाख पर्यटक आउने गरेका छन्
- पर्यटन क्षेत्रले ८% राजश्व उत्पादन गर्छ
पर्यटन क्षेत्रको विकासको लागि सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ। विमानस्थल, सडक, होटल र अन्य पूर्वाधारको विकास गर्नुपर्छ।
पर्यटन भनेको शान्तिको उद्योग हो। यसले विश्वभरका मानिसलाई जोड्ने काम गर्छ।
सुधारका उपाय
- पर्यटन प्रवर्धन बजेट बढाउनुपर्छ
- नयाँ पर्यटन गन्तव्यहरूको पहिचान र विकास
- पर्यटकीय पूर्वाधारको विकास
- स्थानीय तहलाई पर्यटन प्रवर्धनमा सहभागी गराउने
नेपालको पर्यटन क्षेत्रले आफ्नो पूर्ण सम्भावना प्राप्त गर्न केही समय लाग्ने भए पनि यो दिशातर्फ सकारात्मक कदमहरू चालिएको देखिन्छ।