नेपाली प्राविधिक जनशक्ति विश्व बजारमा आकर्षक विकल्पको रूपमा देखिएको छ। विश्वका ठूला कम्पनीहरूले नेपाली प्राविधिकलाई आउटसोर्सिङको माध्यमबाट रोजगारी दिन थालेका छन्।
फ्रिलान्सिङको बढ्दो बजार
नेपालका युवा फ्रिलान्सरहरूले अपवर्क, फाइभर, फ्रीलान्सरजस्ता प्लेटफर्ममार्फत विश्वका विभिन्न मुलुकबाट काम प्राप्त गरिरहेका छन्।
- वेब डेभलपमेन्ट
- मोबाइल एप डेभलपमेन्ट
- डिजिटल मार्केटिङ
- ग्राफिक्स डिजाइन
नेपाली प्राविधिक जनशक्ति गुणस्तरीय र भरपर्दो छ । यसले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ ।
तर आइटी आउटसोर्सिङ र फ्रिलान्सिङको अर्गनाइज गर्ने उपयुक्त संरचनाको अभाव समस्या रहेको छ।