शनिवार, साउन ३०, २०८३ (August 15, 2026)

ट्रेकिङको राजधानी पोखरा

पोखराको प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना

शनिवार, जेठ २३, २०८३ (June 6, 2026)

पोखरा नेपालको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्य हो। समुद्री सतहबाट ८२७ मिटरको उचाइमा रहेको यो सहर अन्नपूर्ण हिमशृङ्खलाको दृश्यकै लागि प्रसिद्ध छ।

पोखराका प्रमुख आकर्षण

  1. फेवा ताल – नौका विहारको आनन्द
  2. साराङकोट – सूर्योदय र हिमाल दृश्यावलोकन
  3. डेभिज फल्स – भूमिगत झरना
  4. गुप्तेश्वरी गुफा – प्राकृतिक चुनढुङ्गाको गुफा
  5. शान्ति स्तूप – शान्तिको प्रतिक

पोखरा ट्रेकिङ, राफ्टिङ, बन्जी जम्पिङ र प्याराग्लाइडिङ जस्ता साहसिक खेलको लागि पनि प्रसिद्ध छ। विश्वभरका पर्यटक यहाँ यी खेलको आनन्द लिन आउँछन्।

पोखरा नेपालको पर्यटनको मुटु हो। प्रत्यक वर्ष लाखौं पर्यटकले पोखराको प्राकृतिक सौन्दर्यको आनन्द लिन्छन्।

पोखरा घुम्न उपयुक्त समय

पोखरा जहिले पनि घुम्न उपयुक्त छ। तर सेप्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्मको समय सबैभन्दा राम्रो हुन्छ। यो समयमा मौसम सफा र हिमालको दृश्य स्पष्ट देखिन्छ।

प्रतिक्रिया (०)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर