गर्भावस्था हरेक महिलाको जीवनको विशेष अवधि हो। यस समयमा नियमित स्वास्थ्य जाँच, पौष्टिक आहार र सुईको नियमित तालिका पालना गर्नु अत्यन्त आवश्यक छ।
गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा
गर्भावस्थाको सुरुवाती चरणदेखि नै नियमित स्वास्थ्य जाँच गराउनुपर्छ। कम्तीमा ४ पटक स्वास्थ्य संस्थामा गएर जाँच गराउनु आवश्यक मानिन्छ।
- नियमित स्वास्थ्य जाँच
- पौष्टिक आहार र फलफूल
- फोलिक एसिड र फलामको चक्की
- सुरक्षित प्रसूति सेवा
स्वस्थ मातृत्वको लागि गर्भावस्थाको नियमित हेरचाह र पौष्टिक आहार अत्यावश्यक छ ।
नेपालमा मातृ मृत्युदर घटाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। प्रसूति सेवा निःशुल्क गरिएको छ र दुर्गम क्षेत्रमा प्रसूति गृहको स्थापना गरिएको छ।