मङ्गलवार, असोज २७, २०८३ (October 13, 2026)

स्वास्थ्य बीमा कार्यक्रमको विस्तार : अब दुई सय रोगको उपचार

सरकारी स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नयाँ सेवा थप

बिहिवार, जेठ २१, २०८३ (June 4, 2026)

सरकारी स्वास्थ्य बीमा कार्यक्रमले सेवाको दायरा विस्तार गरेको छ। अब बीमा कार्यक्रम अन्तर्गत २ सय रोगको उपचार समावेश गरिने भएको छ। पहिले यो सङ्ख्या १ सय ५० मा सीमित थियो।

नयाँ सेवा र सुविधा

नयाँ व्यवस्था अनुसार बीमा रकम पनि बढाइएको छ। एकै परिवारले वर्षमा २ लाख रुपैयाँसम्मको उपचार सेवा प्राप्त गर्न सक्ने भएको छ। यसले गम्भीर रोगको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • बीमा रकम २ लाख पु¥याइयो
  • बीमा शुल्क पाँच सय रुपैयाँ
  • दुई सय रोगको उपचार
  • सातै प्रदेशका अस्पतालमा सेवा

स्वास्थ्य बीमा हरेक नागरिकको आवश्यकता हो । यसको दायरा विस्तारले धेरै नागरिक लाभान्वित हुनेछन् ।

स्वास्थ्य बीमा बोर्डका अनुसार हाल ७५ लाखभन्दा बढी नागरिकले स्वास्थ्य बीमा गरेका छन्। यो सङ्ख्या बढाउन सरकारले विभिन्न प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ।

प्रतिक्रिया (०)

प्रतिक्रिया दिनुहोस्