अदुवा नेपाली भान्साको एक प्रमुख मसला हो। यसलाई तरकारी, दाल, अचार र चियामा प्रयोग गरिन्छ। अदुवाको प्रयोग खानालाई स्वादिलो बनाउनका लागि मात्र होइन, यसको औषधीय गुणको लागि पनि महत्त्वपूर्ण छ।
अदुवाका स्वास्थ्य फाइदाहरू
- पाचन प्रणालीलाई राम्रो राख्ने
- रुघाखोकी र ज्वरोमा लाभदायक
- रगतमा कोलेस्ट्रोल कम गर्ने
- जोर्नीको दुखाइ कम गर्ने
आयुर्वेदमा अदुवालाई सबैभन्दा गुणकारी मध्येको एक मानिएको छ। यसलाई संजीवनी बुटी पनि भनिन्छ।
नेपाली खानामा अदुवालाई विभिन्न तरिकाले प्रयोग गरिन्छ। अदुवाको पेस्ट, अदुवाको टुक्रा र अदुवाको धुलो तीनै रूपमा प्रयोग गर्न सकिन्छ। तरकारी घुमाउँदा र दाल छड्काउँदा अदुवा हाल्ने गरिन्छ।