मकैको रोटी नेपाली पहाडी क्षेत्रको मुख्य खाना हो। मकैको पिठोलाई तातो पानीले मुछेर हातैले रोटी बनाइन्छ। यसलाई घिउ, अचार र तरकारीसँग खाइन्छ।
- मकैको पिठो
- तातो पानी
- नुन स्वादअनुसार
- घिउ वा तेल
मकैको रोटी बनाउनको लागि मकैको पिठोमा तातो पानी र नुन मिसाएर नरम पिठो बनाउनुहोस्। हातले रोटीको आकार दिएर तातो तावामा पकाउनुहोस्। मकैको रोटीलाई घिउ लगाएर खाँदा स्वाद हुन्छ।
मकैको रोटीमा ग्लुटेन हुँदैन, यसले पाचन प्रणालीलाई राम्रो बनाउँछ र मधुमेहका विरामीहरूको लागि पनि उपयुक्त हुन्छ।